जापानी राजदूतद्वारा लेलेमा वृक्षरोपण « Khabarhub

जापानी राजदूतद्वारा लेलेमा वृक्षरोपण


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल–जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाइ एशोसिएसन (जान)ले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्  ।

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी)को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताएका हुन् । जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलब्ध गराइ नेपालको सामुदायिक विकासमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै जापानी स्वयंसेवकलेसमेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे ।

गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाए ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताए।

गोदावरी नगरपालिका–५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराइ आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्याएकाले धन्यवाद ज्ञापन गर्दै उनले साकुरा बगैँचाले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ । केही महिना अगाडि राष्ट्रपति भवन शीतलनिवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए।

नेपाल–जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकाले जापान सरकारको परराष्ट्र मन्त्रालयले जानलाई प्रशंसा अवार्डसमेत प्रदान गरेको थियो । जान जापानमा अध्ययन गरी फर्र्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायीहरूको सामाजिक संस्था हो ।

यस संस्थाले दुई देशबीचको मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनका क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहिआएको छ । यस वर्ष जानले आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव)को उपलक्ष्यमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : २८ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी