स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी « Khabarhub

स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको हो ।

एक सय १५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो । नेपालका गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए । आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो ।

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु(१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो। यू(१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन्।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ५२ बजे

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित

राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै

दाङ– दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको

ओलीको टिप्पणी : जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६