रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ? | Khabarhub Khabarhub

रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ?


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।

पछिल्लो समय रजनीकान्त आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको फिल्म  ‘लाल सलाम’ मा देखिएका छन् ।  उनले यस फिल्मको  ‘केमियो’ का लागि नै करिब ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

मिडियाहरूकाे दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।

यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ ।

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको सो फिल्म  स्पोर्स्ट थ्रिल्लर’ हो । जसमा विष्णु विसालविक्रान्तको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : २४ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल