इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसमाथि चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको हो ।

चेल्सीका लागि कानर घल्लाघेरले दुई तथा एन्जो फर्नान्डेजले एक गोल गरेका थिए । क्रिष्टलका जेफर्सन लेर्मले एक गोल गरेका थिए ।

खेलको ३०औँ मिनेटमा गरेको गोल रक्षा गर्न नसक्दा क्रिष्टल पराजित हुन पुगेको थियो । खेलको ९० मिनेटसम्म १–१ गोलको बराबरीमा रहेको चेल्सीले इन्जुरी समयमा दुई गोल थपेर जित सुनिश्चित बनाएको थियो ।

यो जितसँगै चेल्सी २४ खेलबाट ३४औँ अंकका साथ दशौँ स्थानमा छ । पराजित भएको क्रिष्टल प्यालेस २४ अंकसहित १५औँ स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ५४ अंक छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : १२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार