अण्डरपासको अत्यास : न व्यापारको भर, न भरलाग्दो घर   | Khabarhub Khabarhub

अण्डरपासको अत्यास : न व्यापारको भर, न भरलाग्दो घर  



कुनै बेला पहिलोपल्ट काठमाडौं घुम्न आउनेका लागि रत्नपार्क, त्यहाँको अण्डरपास, रेडियो नेपालको स्टुडियो, नेपाल टेलिभिजन, बिशालबजार र पशुपतिनाथ मन्दिर घुम्ने चर्चित ठाउँ थियो । समयसँगै अहिले मान्छेका रुचि बद्लिएका छन् । तर विकासले अपेक्षित फड्को नमार्दा ४ दशकअघि रत्नपार्कलाई भोटाहिटीसंग जोड्न बनेको अण्डरपास (सव–वे) शहरभित्रको पहिलो र अन्तिम जस्तै रह्यो । गज्जब त के छ भने पैदलयात्रीका लागि बाटो सुरक्षित गर्न बनाइएको यो ठाउँ कुनै समय फुटपाथ व्यापारको केन्द्र थियो । दोहोरीलत्त मानिसको प्रवेशले व्यापार उत्साहजनक ढंगमा हुन्थ्यो ।

अनियमित संरचना हटाउने सिलसिलामा काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापार हटाए पनि यहाँभित्र रहेका केही सटरमा अहिले पनि व्यापार चलिरहेकै छ । हेर्दा त्यति व्यवस्थित देखिँदैन । यसको आयु कति हो ? अण्डरपासभित्र व्यापार गर्नेले झेल्नुपरेका दुख के छन् ? हावाको सञ्चार कतिको हुन्छ ? त्यहाँ व्यापार गरिरहेकाहरूलाई हामीले जिज्ञासा राखेका थियौँ ।

रत्नपार्कमा भएको अण्डरपासमा कपडा, चस्मा, घडी, ब्याग, जडीबुटी तथा सानातिना भित्री कपडा बेच्न राखिएका छन् । जहाँ सस्तो मूल्यमा सामान पाउने विश्वासमा खास गरी मध्यम वर्गीय उपभोक्ता यहाँ आउँछन् । बाटो काट्न बनाइए पनि कतिपयका लागि हातमुख जोर्ने माध्यम बनेको छ । महानगरले बसपार्क हटाएपछि त्यसको प्रत्यक्ष असर यहाँका फुटपाथ व्यापारीले झेलिरहेका छन् ।

बसपार्क हुँदा चहलपहल निकै हुने २० वर्षदेखि अण्डरपासमा व्यापार गर्दै आएका अर्जुन बस्नेत बताउँछन् ।

उनी भन्छन्– ‘दोलखाको शैलुङबाट आएर यहाँ व्यापार गर्न थालेको मैले २० वर्ष भयो । व्यापार राम्रै हुन् भएकोले त यत्रो समय परिवार पाल्न, सन्तान पढाउन र घरभाडा तिर्न पुग्यो । पहिला मानिसहरूको चहलपहल हुँदा सामान किन्ने र हेर्नेको भीड हुने गर्थ्यो । तर अहिले मान्छे नै आउँदैनन् ।’

‘बसपार्क हटेपछि मानिसहरूलाई एक छिन अडिने ठाउँ पनि छैन आफू उभिएको ठाउँमा बस रोक्ने हो कि हैन कसरी बस चढ्ने भन्ने चिन्ता हुने गर्छ त्यसैले यहाँ अहिले अण्डरपासमा मानिसहरू सामान किन्न त परै जाओस् हेर्न पनि कोही आउँदैनन् ।’, बस्नेत थप्छन्’ मासिक भाडा ५ हजार तिर्छु । अब त भाडा जुटाउन नै धौ धौ हुन थालेको छ ।’

अन्डरपासमा नै एक महिनादेखि पसल खोलेका प्रशान्त कार्की भन्छन् ‘व्यापार छैन बजार नै सुनसान छ । केही होला कि भनेर पसल खोलियो तर भाडा तिर्न पनि समस्या होला जस्तो छ ।’

त्यस्तै पीडा छ अर्का व्यापारी उत्तम थापाको पनि । ३ वर्ष देखि पसल सुरु गरेकोमा अहिले पार्किङ हटेपछि व्यापार ठप्प नै भएको उनी बताउँछन् ।  पहिला दुई साइडमा पसल राख्दा धेरै पसल देखिएर व्यापार हुने गरेको तर अहिले एकापट्टि खाली गर्दा असर परेको २५ वर्ष देखि व्यापार गर्दै आएकी विमला श्रेष्ठ दुखेसो पोख्छिन् ।

सामानको गुणस्तरमा संशय

बाहिर बजारमा पनि मूल्य त्यही हुन्छ तर उनीहरूले सटर भाडा महँगो तिरेको कारण सामानको मूल्य बढी हुन्छ तर यहाँ भाडा सस्तो भएको कारण हरेक सामान सस्तो मूल्यमा बिक्री गरिने व्यापारी बस्नेत बताउँछन् ।

सामान ल्याउने ठाउँ उस्तै हो बाहिर सजावट राम्रो हुन्छ सटर भाडा महँगो हुन्छ त्यसले गर्दा बाहिर भन्दा यहाँ सामान सस्तो हुने विमला बताउँछिन् । उनी आफ्नो सटरको भाडा ५ हजार तिर्ने गरेको बताउँछिन् ।

भाडा उठाउने महानगर

यो अन्डरग्राउण्डको भाडा काठमाडौं महानगरपालिकाको ठेकेदारलाई बुझाउने गरेको व्यापारीहरू बताउँछन् । यहाँ मासिक रूपमा ५ देखि ७ हजार भाडा बुझाउने व्यापारीहरू बताउँछन् । र बत्तीको बिल भने बिद्युत् प्राधिकरणमै गएर तिर्ने गरेको उनीहरुले बताए ।

स्वास्थ्य चासो

सडक मुनि अण्डरपासमा हावा प्रवाह कसरी हुन्छ होला भन्ने सबैको मनमा प्रश्न उब्जिन सक्छ । त्यसको लागि यस अण्डरपासका व्यापारीहरू स्वयंले हावा प्रवाह वा अक्सिजनको पहुँचको लागि कहिलेकाहीँ आवाज  उठाउने वा पहल नगरेको बताउँछन् ।

विगत २५ वर्ष देखि व्यापार गर्दै आएका व्यापारी यो विषयमा कुनै सरोकारवालाहरूले पनि ध्यान नदिएको बताउँछन् । व्यापारी भन्छन् ’अहिले सम्म त स्वास्थ्यमा असर केही असर भएको जस्तो देखिँदैन तर पछि समस्या हुन्छ कि ।’

वर्षामा पानी चुहिने र भल पस्ने समस्या 

अण्डरपासमा बर्खामा पानी वर्षेनी कता कताबाट चुहिने गरेको व्यापारीहरूको गुनासो छ । महानगरले महिनै पिच्छे व्यापारीसँग भाडा उठाउने तर व्यापारीहरूले सानातिना समस्या झेल्नु परेको देखिन्छ । बस्नेत भन्छन्– ‘जति नै व्यवस्थित गरे पनि वर्षामा ठूलो पानी पर्दा चुहिने गर्छ । सडकको मुनि भएकोले यसलाई पूर्ण रूपमा पानी चुहिने समस्या अन्त्य गर्न सकिएको छैन ।’ पानी चुहिँदा आफैंले तिर्पाल हालेर भाडा थापेर बस्ने गरेको व्यापारीहरू बताउँछन् । ढल व्यवस्थापन राम्ररी गरियो भने वर्षामा अण्डरपास भित्र भल नपस्ने व्यापारीहरू बताउँछन् ।

कसरी बन्यो अण्डरपास ?

२०३८ सालमा पञ्चायतको चुनाव उपयोग गर्ने रणनीतिअनुसार कांग्रेसले उठाएका कमल चित्रकारले काठमाडौं नगरपञ्चायतको चुनाव जिते । उनैको अवधारणामा यो अण्डरपास निर्माण भएको हो । तीन वटा बनाउने कार्य योजना भए पनि रत्नपार्कमा बनाउन उनी सफल भए ।

अण्डरपास बनाउन भारतबाट ल्याइएका प्रविधि र प्राविधिक प्रयोग गरिएको थियो । पैसाको अभावका कारण अरु दुई अण्डरपास बनाउने योजना थन्कियो ।

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ४२ बजे

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको

कांग्रेस सांसद्को प्रस्ताव – योजना आयोग नै खारेज !

काठमाडौं – नेपाली कांग्रेसकी सांसद् कान्तिका सेजुवालले संसद् बैठकमा राष्ट्रिय