सबै क्रान्तिकारी एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान « Khabarhub

सबै क्रान्तिकारी एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोप लगाउने  अधिकार कसैलाई नभएको उल्लेख गरे ।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने ‘एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आउनुहोस् बसौँ, समीक्षा गरौँ । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरूले आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।’

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे। 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : २४ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका