कञ्चनपुरमा चैते धानखेतीतर्फ आकर्षण बढ्दै | Khabarhub Khabarhub

कञ्चनपुरमा चैते धानखेतीतर्फ आकर्षण बढ्दै


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत जागृत खनालले पछिल्लो समय चैते धानखेतीतर्फ आकर्षण बढिरहेको बताए ।

उनले चैते धानखेतीमा आबद्ध विकासलाई अनुदान, बीउबिजनलगायत सहुलियतका लागि आवेदन खोलिएको जानकारी दिए। 

त्यसैगरी प्रधानमन्त्री कृषि आयोजनाका प्रमुख सन्जु उपाध्याय रिमालले ५१-५२ हेक्टरमा चैते धानखेतीका लागि कृषकको आवेदन परेको जानकारी दिए। ‘अघिल्लो वर्ष १८ हेक्टर र गत वर्ष २४ हेक्टरमा चैते धानखेतीका लागि आवेदन परेको थियो’, प्रमुख रिमालले भने, ‘चालु आवमा चैते धानका लागि ५० हेक्टर स्वीकृत कार्यक्रम रहे पनि अझै कृषक आउने क्रम छ ।’

उनले चैते धानको मूल्य राम्रो पाइरहेकाले उत्पादन बढाउनमा कृषक लागिपरेको बताए। ‘हामीले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्नुका साथै अहिले चैते धानखेती प्राथमिकतामा छ’, उनले भने, ‘विषादीलगायत उत्पादन सामग्री कार्यक्रममा रहेर वितरण गर्दै आएका छौँ ।’

कञ्चनपुरमा सबैभन्दा बढी बेल्डाँडी गाउँपालिका–५ झिलमिला तथा भीमदत्त, वेदकोट र बेलौरी नगरपालिकाका केही स्थानमा चैते धानखेती हुँदै आएको छ । बाली विकास अधिकृत खनालले ७० हेक्टरमा चैते धानखेती भइरहेको बताए।

विसं २०६३ देखि चैते धानखेती गर्दै आएका तेज रावतले अहिले साढे तीन बिघामा लगाउने तयारी गरिरहेको बताए ।

उनले धानको उत्पादन राम्रो भएकाले चैते धानखेती गर्ने किसानले समूहमा आबद्ध भएर सिँचाइ सुविधाका लागि ज्ञान केन्द्रमा आवेदन दिएको बताए। 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : ३५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका