विस्फोटक पदार्थसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

विस्फोटक पदार्थसहित दुईजना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विस्फोटक पदार्थसहित  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ ।

विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेसर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको  छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 


प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : १९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका