विस्फोटक पदार्थसहित दुईजना पक्राउ « Khabarhub

विस्फोटक पदार्थसहित दुईजना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ– ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विस्फोटक पदार्थसहित  प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ ।

विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेसर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको  छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 


प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : १९ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा