रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक « Khabarhub

रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । 

अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ । 

प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए । मार्चभित्रमा उनीहरूलाई बेलायत लगिसक्ने बताएको छ । अहिले तालिमको प्रक्रियासँगै भिसाको प्रोसेस पनि अघि बढेको उप्रेतीले बताए ।  

नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।

विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मङ्सिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो । जसमा ४५ जना पास भएका थिए ।  

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहीबाट ४५ जना सफल घोषणा गरिएको थियो । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो । अभिमुखीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ३६ बजे

आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध

काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार

इरान-अमेरिका वार्ता र रोक्का कोषबारे छलफल गर्न इरानी उच्च प्रतिनिधिमण्डल दोहामा

एजेन्सी– इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल रोक्का गरिएको सम्पत्ति र अमेरिका–इरानबीच सम्भावित

एथलेटिक्स टोली हङकङ जाने

काठमाडौं– २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित

चौलागाईं दम्पतीको गोलभेडा खेती, वार्षिक ४० लाखसम्म आम्दानी

दोलखा– भीमेश्वर नगरपालिका–४ जिलुका रमेश चौलागाईं र उनकी पत्नी यशोदा

कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता सोखालाई आममाफी

कम्बोडिया – कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री हुन