भृकुटीमण्डपमा भेटिएका भुइँमान्छे ! « Khabarhub

भृकुटीमण्डपमा भेटिएका भुइँमान्छे !

एउटै कुनामा अढाई करोडका ऋणी


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा अधिकांश मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको सहभागिता थियो । त्यसमा पनि मधेशी मूलका भूइँमान्छेको उपस्थिति बढी देखिएको थियो ।

भृकुटीमण्डपको चौरको हरेक कुनामा उनीहरु नै थिए । प्रायः उनीहरु सबैका खुट्टामा चप्पल थियो । रात्रिबसमा काठमाडौं आएर थाकेकाहरु चौरमा पल्टिरहेका थिए ।

उनीहरु प्रसाईंको कार्यक्रममा आउनुको कारण बताउँछन्, ‘लघुवित्त, सहकारी र मिटरब्याजबाट पीडित छौं । दुर्गा प्रसाईंले यसबाट छुटकार दिन्छु भन्नुभएको छ ।’

मलिनो अनुहार, तर हातमा राष्ट्रिय झण्डा, घाँटीमा गम्छा बेरेर मञ्चको ठीक तल देब्रेपट्टि बाराका लघुवित्तपीडित चन्द्रेव चौधरी भेटिए ।

उनलाई न राजतन्त्र र गणतन्त्रको भेदबारे चेतना छ, न आफूलाई परेको समस्या कसले समाधान गर्छ भन्ने बारेमा ज्ञान छ ।

चन्द्रेवले टुटेफुटेको नेपाली भाषा मिसाउँदै खबरहबसँग भने, ‘लघुवित्तले संकटमा पार्‍यो, दुर्गा दाइले न्याय दिनुहुन्छ भनेर आएको । आजै बाराबाट आफ्नै खर्चमा आइपुगेको ।’

चन्द्रेवलाई मञ्चमा कसले के बोल्यो भनेर बुझ्ने फुर्सद छैन । उनी केपी ओली प्रधानमन्त्री हुँदादेखि नै आफूहरुको पक्षमा हुने कार्यक्रममा काठमाडौं आउने गरेको बताउँछन् । उनलाई अहिले देशको प्रधानमन्त्रीको छ, त्यो पनि थाहा छैन ।

उनी थप्छन्, ‘म आफूले लिएको ऋण तिर्न तयार छु तर लघुवित्तले पीडित बनायो । लिएको रकमभन्दा दोब्बर तिरे पनि सकिएको छैन ।’

बाराबाट चन्द्रदेवसँगै काठमाडौं आएका ३०–३२ जनाको समूह बसेको थियो । निरक्षर उनीहरुलाई आफ्नो ऋण कति छ भन्ने हिसाब चाहिँ थाहा छ ।

क्यामेराको बुम तेर्स्याउँदा बोल्न नजान्ने उनीहरु हामीले डायरीमा चौधरीको नाम लेखेपछि झुम्मिए । कारण रहेछ– आफूहरु पनि मिटरब्याज र लघुवित्तपीडित हौं भनेर नाम सूचीकृत गराउन छुट्ला कि भन्ने पीर ।

उनीहरुलाई लागेछ, हामी पीडितको नाम टिप्न प्रसाईंले खटाएका व्यक्ति हौं । उनीहरु चर्को अवाजमा हामीलाई भन्न थाले, ‘मेरो नाम फलानो टिप्नु, मेरो यति ऋण छ ।’

स्थानीय तहका प्रतिनिधिले आफ्नो पीडा नसुनेको र केन्द्रमा आएर पटक–पटक धर्ना बस्दा राज्यबाट न्याय पाउने आशा मरेको उनीहरुको गुनासो छ । यो दृश्यले प्रसाईंसँग उनीहरुले राखेको अपेक्षा करुणादायी देखिन्थ्यो ।

उनीहरुले झुम्मिएपछि बाराकै ब्रृजकिशोर सहनीले नाम र उनीहरुको ऋणको हिसाब टिपेर हामीलाई बुझाए । यो लिस्टमा कम्तीमा ५० हजार र बढिमा ३० लाखसम्म ऋण भएकाको नाम छ । ३३ जनाको जम्मा २ करोड ५८ लाख ५० हजार ऋण भएको लिस्ट ब्रृजकिशोर हामीलाई थमाए ।

तीमध्ये धेरैको गुनासो छ– ब्याज बुझाउँदा भएको सम्पत्ति सबै नासियो ।

केहीले भने सबैको कमाइ ब्याज तिर्दा सकिने पनि लघुवित्त र सहकारीले साँवा बढाइरहेको बताए ।

मिटरब्याजी पीडितहरुले भने साहूले दबाबले समाजमा बस्न मुस्किल भएको गुनासो सुनाए ।

यसबाट सरकार ती पीडितप्रति कति अनुदार छ, प्रष्ट हुन्छ । प्रसाईंले पनि उनीहरुलाई आफ्नो वरिपरि जम्मा हुने भीडका रुपमा मात्रै प्रयोग गर्ने हुन् कि ? यसको जवाफ कसले खोज्ने ?

तस्बिर- चिरायु शाक्य

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ०१ बजे

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा