सङ्खुवासभा जिल्ला अस्पतालमा बालबालिकाको निःशुल्क उपचार « Khabarhub

सङ्खुवासभा जिल्ला अस्पतालमा बालबालिकाको निःशुल्क उपचार


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । आजदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पतालले जनाएको छ ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवाको आजदेखि औपचारिकरुपमा सुरुआत गरिएको अस्पतालका मेडिकल अधिकृत प्रनव जयरुले राससलाई जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधिसमेत निःशुल्क उपलब्ध गराइने छ ।

निःशुल्करुपमा आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात हुनुपर्ने जयरुले जानकारी दिए ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो । बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शय्या भएका अस्पतालमा मात्र लागु भएको हो ।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायत सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालको ५० शय्याको भवन समयमा निर्माण नहुँदा विसं २०३३ मा स्थापना भएको ३७ शय्या क्षमता भएको पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

सो अस्पतालमा जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका जयरुले बताए । यसअघि प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरी उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : ०७ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार