सङ्खुवासभा जिल्ला अस्पतालमा बालबालिकाको निःशुल्क उपचार « Khabarhub

सङ्खुवासभा जिल्ला अस्पतालमा बालबालिकाको निःशुल्क उपचार


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । आजदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पतालले जनाएको छ ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवाको आजदेखि औपचारिकरुपमा सुरुआत गरिएको अस्पतालका मेडिकल अधिकृत प्रनव जयरुले राससलाई जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधिसमेत निःशुल्क उपलब्ध गराइने छ ।

निःशुल्करुपमा आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात हुनुपर्ने जयरुले जानकारी दिए ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो । बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शय्या भएका अस्पतालमा मात्र लागु भएको हो ।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायत सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालको ५० शय्याको भवन समयमा निर्माण नहुँदा विसं २०३३ मा स्थापना भएको ३७ शय्या क्षमता भएको पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

सो अस्पतालमा जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका जयरुले बताए । यसअघि प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरी उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : ०७ बजे

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष