आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १–० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १–० ले विजयी भएको आधारमा नतिजा १–१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा नापोलीलाई ३–१ गोलले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ५९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित