विषादी भएको खानेकुराले एक-दुई हप्तामै कलेजो बिगार्छ | Khabarhub Khabarhub

विषादी भएको खानेकुराले एक-दुई हप्तामै कलेजो बिगार्छ

कलेजोमा देखिने समस्याको प्रमुख कारण मदिरा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। यसलाई शरीरको ठुलो अंगसमेत भनिन्छ। यो लगभग एक केजी भन्दा पनि बढीको हुन्छ। यसले हाम्रो शरीरका लागि अत्यावश्यक प्रोटिन र आल्मुनियम जस्ता धेरै तत्त्व बनाउने काम गर्छ। कलेजेको प्रमुख काम भनेको शरीरको व्यवस्थापन नै हो। जेसुकै खाए पनि कलोजोले त्यसलाई ब्यालेन्स राख्ने गर्छ। हानिकारक कुरा फाल्ने र आवश्यक चिजको व्यवस्थापनमा कलोजो सक्रिय हुन्छ। त्यसैले कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। यसको हेरचाह पनि विशेष ढंगले नै गर्नु राम्रो हुन्छ। पछिल्लो समय कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन्। केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिको जीवनशैलीले पनि निम्त्याउने गर्दछ। कलेजोमा लाग्ने रोगलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्वारा उपचार गर्ने गरिन्छ। कलेजो बिग्रिनुमा प्रमुख कारण मदिरा सेवन र विषदी भएको खानेकुरा रहेको चिकित्सक बताउँछन्। कलेजोमा के कस्ता समस्या देखिन्छन् ? के कारणले कलेजोमा समस्या देखिन्छ ? कलेजोमा समस्या आएको कसरी थाहा पाउने ? समस्या भइसकेपछि कस्ता लक्षण देखिन्छन् ? कलेजोमा हुने समस्याबाट बच्न के गर्ने ? यी र यस्तै विषयमा केन्द्रित भएर कलेजो रोग विशेषज्ञ एवम् सर्जन डा. रमेश सिंह भण्डारीसँग गरिएको कुराकानी :

कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो। यसले हाम्रो शरीरका लागि अत्यावश्यक प्रोटिन र आल्मुनियम जस्ता धेरै तत्त्व बनाउने काम गर्छ। कलेजेको प्रमुख काम भनेको शरीरको व्यवस्थापन नै हो।

कलेजोमा के कस्ता समस्या देखिन्छन् ?
कलेजोमा विविध समस्या देखिन सक्छन्। म कलेजोको सर्जन भएको नाताले मैले हेर्ने बिरामीको आधारमा भन्नुपर्दा कलेकोको क्यान्सर, कलेजो सिस्ट अर्थात् पानीका फोका भरिने समस्या, कलेजोको पत्थरी, कलेजोमा किरा देखिने समस्या जसलाई हाइड्रासिस भनिन्छ। यी समस्यामा सर्जरीको आवश्यकता पर्दछ। त्यस्तै लामो समयसम्म मदिरा सेवन गरेर कलेजो बिग्रिने गरेको धेरै देखिएको छ। यसरी कलेजो बिग्रिएपछि प्रत्यारोपणको आवश्यकता पर्छ।

के कारणले कलेजोमा समस्या देखिन्छ ?
कतिपय रोगमा ठ्यक्कै कारण भन्न सकिँदैन। कलेजोमा हुने क्यान्सर कतिपयलाई जन्मजातै पनि हुनसक्छ। कसैको जिनमै खराबी छ भने पनि हुन्छ। तर केही समस्या इन्फेक्सनका कारणले पनि हुन्छन्। कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा लामो समयसम्म रक्सी सेवन, कलेजोमा बोसो जम्नु, हेपाटाइटिस बीको संक्रमण प्रमुख कारण मानिन्छ।

त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ। यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनसक्छ।

कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा लामो समयसम्म रक्सी सेवन, कलेजोमा बोसो जम्नु, हेपाटाइटिस बीको संक्रमण प्रमुख कारण मानिन्छ। विषादीयुक्त खानपानले एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ।

कलेजोमा समस्या आएको कसरी थाहा पाउने ?
कलेजोमा दुई खालका समस्या देखिन्छन्। एउटा सर्जिकल र अर्को मेडिकल समस्या हुन्छ। सर्जिकल समस्या हो भने बिरामीलाई दुख्छ। शरीरमा कुनै किसिमको डल्लो जस्तो महसुस भएर थाहा पाउन सकिन्छ। त्यस्तै जन्डिस बढ्ने, पिसाब कडा रङको जाने, सेतो दिसा जाने जस्ता लक्षण देखिन्छन्। तर मेडिकल समस्या हो भने सामान्यतया कलेजो खराब भइरहेको थाहा नै हुँदैन। कलेजो बिगार्ने कीटाणु विस्तारै सक्रिय हुन्छन्। तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण देखिन्छन्। त्यस्तै कलेजोले कामै नगर्ने भएपछि जन्डिस बढ्ने, रगत बान्ता हुने, पेट सुन्निने र पेटमा पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् । जुन दीर्घकालीन हेपाटाइटिसका लक्षण हुन्।

कस्तो अवस्थामा कलेजो प्रत्यारोपणको आवश्यकता पर्छ ?

कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था धेरै छन्। धेरैमा प्रत्यारोपण गर्नुपर्ने भनेको सिरोसिस हुँदा हो। त्यस्तै कलेजो क्यान्सर लागेको कतिपय अवस्थामा पनि प्रत्यारोपण गर्नुपर्छ। बालबालिकामा पनि जन्मजात हुने समस्याले गर्दा कलेजो बिग्रेर प्रत्यारोपण गर्नुपर्छ। त्यस्तै सिटामोल बढी खाँदा वा अन्य कुनै औषधि खाँदा विषाक्त भयो भने पनि कलेजो बिग्रनसक्छ। हेपाटाइटिसले पनि कलेजो बिगारेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ। तर सबैभन्दा धेरै अत्याधिक रक्सी सेवनका कारण सिरोसिस भएर कलेजो प्रत्यारोपणको अवस्था आउने हुन्छ।

कलेजोमा समस्या देखिनुमा वंशाणुगत कारण पनि हुने हो ?
विविध कारण मध्ये केही मात्रामा वंशाणुगत कारण हुनसक्छ। तर वंशाणुगत कारणले मात्र कलेजोमा समस्या हुन्छ भनेर भन्न सकिँदैन।

 कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण देखिन्छन्। कलेजोले कामै नगर्ने भएपछि जन्डिस बढ्ने, रगत बान्ता हुने, पेट सुन्निने र पेटमा पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् ।

नेपालमा कलेजो प्रत्यारोपणको अवस्था कस्तो छ ?
नेपालमा सन् २०१६ मा भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट सुरु भएको हो। त्यसपछि सन् २०१९ बाट टिचिङ अस्पतालमा सुरु भयो। अहिले अन्य अस्पतालमा पनि सुरु भएको छ। यो आठ वर्षको अवधिमा ३९–४० जनामा कलेजेको सफल प्रत्यारोपण भएको छ। संख्यात्मक हिसाबमा हेर्दा त्यति राम्रो छैन। विविध कारणले गर्दा संख्या बढाउन सकिएको छैन। कलेजोको समस्या लिएर धेरै बिरामी आए पनि प्रत्यारोपणका लागि कसैको डोनर नमिल्ने, कसैको केही अन्य कारणले गर्दा सोचेजस्तो सफलता प्राप्त गर्न सकिएको छैन। अर्को जनमानसमा अझै पनि नेपालमा भन्दा बाहिरै राम्रो हुन्छ भन्ने मानसिकताका कारण पनि संख्या बढ्न नसकेको हो जस्तो लाग्छ।

कलेजोमा देखिने समस्याको समयमै उपचार गर्दा पूर्णरुपमा निको पार्न सकिन्छ ?
सामान्यतया कलेजोमा देखिने कतिपय समस्या थाहा पाउन समय लाग्छ। तर सामान्य समस्या जस्तै कलेजोमो बोसो जमेको र क्यान्सर भएको समयमै पत्ता लाउन सकियो भने पूर्ण रुपमा निको पार्न सकिन्छ।

कलेजोमा हुने समस्याबाट बच्न के गर्ने ?
कलेजोको समस्या के कारणले हुन्छ भन्ने कुरा थाहा पाउन गाह्रो छ। केही त्यस्ता कुराहरु छन् जसले कलेजो बिगार्न सक्ने सम्भावना हुन्छ। कलेजोलाई सुरक्षित राख्ने भए रक्सी सेवन गर्नु नै हुँदैन। लतको रुपमा रक्सी खाने मान्छेको कलेजोमा समस्या हुन्छ।
बेलाबखत हेपाटाइटिस ‘बी’ जाँच्नुपर्छ। कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ। त्यस्तै डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन। पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धिकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ।

सरकारी स्तरबाट मिर्गौला प्रत्यारोपण, क्यान्सर लगातका रोगमा सहुलियत दिएजस्तै कलेजो प्रत्यारोपणका लागि पनि सहुलियत दिए धेरै बिरामीले सेवा पाउने थिए भन्ने लाग्छ।

नेपालमा कलेजो प्रत्यारोपणको अवस्था के छ ?
संख्यात्मक हिसाबमा थोरै प्रत्यारोपण भए पनि गुणस्तरका हिसाबले प्रतिफल राम्रो छ। अहिलेसम्म गरिएका सबै प्रत्यारोपण सफल भएका छन्। यो कुरा हामीले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका छौं। जनमानसमा हाम्रो टिमप्र्रति विश्वास दिलाउने प्रयास गरिरहेका छौं। यसको लागि बाहिरी देश भन्दा सस्तो र सुलभ मूल्यमा नेपालमै कलेजो प्रत्यारोपण भइरहेको छ भन्ने जनमानसमा चेतना हुनु आवश्यक छ।

कलेजो प्रत्यारोपणमा सरकारले के गरिरहेको छ ?
सरकारी स्तरबाट मिर्गौला प्रत्यारोपण, क्यान्सर लगातका रोगमा सहुलियत दिएजस्तै कलेजो प्रत्यारोपणका लागि पनि सहुलियत दिए धेरै बिरामीले सेवा पाउने थिए भन्ने लाग्छ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : २० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने