एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन ! « Khabarhub

एक वर्षमा झण्डै एक हजार वकिल उत्पादन !

खुला विश्वविद्यालयबाट २२ जना उत्तीर्ण


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय कानूनी शिक्षामा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसवर्ष मात्रै करिब एक हजार विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेको तथ्यले यो शंकायमा बढ्दो आकर्षणलाई स्पष्ट पारेको हो ।

यसवर्ष विभिन्न विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये ९४५ जनाले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने  पूरक परीक्षाबाट २२ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा सफल बनेका छन् । दुबैतर्फको संख्या जोड्दा ९६७ पुग्छ ।

नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गर्दछ । लिखित र मौखिक परीक्षा उतीर्ण गर्ने परीक्षार्थीहरुले अधिवक्ताको लाइसेन्स पाउँछन् ।

अधिवक्ताको लाइसेन्सका लागि लिइने परीक्षामा यसवर्ष झण्डै एक हजार परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गरेमा देशले झण्डै एक हजार नयाँ वकिलहरु पाउने छ ।

नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीर्ण भएका छन् । उनीहरुको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ ।

काठमाडौं बाहिरका परीक्षार्थीहरुका लागि काउन्सिलको प्रदेश कार्यालयमा सम्पर्क गर्न भनिएको छ भने काठमाडौंको हकमा बार काउन्सिलको कार्यालय कुपण्डोलमा सम्पर्क गर्न भनिएको छ ।

खुला विश्वविद्यालयबाट ५ जना

नेपाल खुला विश्वविद्यालय र अन्य विश्वविद्यालयबाट  कानूनमा स्नातक (एलएलबी) उत्तीर्ण गरेका २२ जना विद्यार्थीले पूरक लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब चैत १४ गते हुने अन्तरवार्तामा उत्तीर्ण भएपछि उनीहरु औपचारिकरुपमा अधिवक्ता बन्ने छन् ।

पूरक परीक्षामा ७५ परीक्षार्थी सहभागी भएकामा २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, ५ जना उत्तीर्ण भए

नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले लिएको पूरक परीक्षामा खुला विश्वविद्यालय र  अन्य विश्वविद्यालयबाट ७५ जना परीक्षार्थीहरु सहभागी थिए । ८३ जनाले पूरक परीक्षा फर्म भरेको भएता पनि ८ जना परीक्षामा सहभागी भएनन् ।

परीक्षामा सहभागी कुल ७५ मध्ये थोरै संख्यामा अर्थात, २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, जसमध्ये ५ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब उनीहरुको अन्तरवार्ता चैत १४ गतेका लागि तोकिएको बार काउन्सिलले जनाएको छ ।

(भुल सुधार- यसअघि खुला विश्वविद्यालयबाट २२ जना उत्तीर्ण भन्ने पर्न गएकोमा सच्याइएको छ । खुला विश्वविद्यालयबाट ९ जनामात्र परीक्षार्थी रहेको र ५ जना उत्तीर्ण भएको पाइएको छ ।)

कानूनमा स्नातक उत्तीर्ण गरिसकेपछि औपचारिकरुपमा वकालत पेशा गर्नका लागि बार काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्र अधिवक्ताको लाइसेन्स पाइन्छ ।
यसअघि खुला विश्वविद्याययबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई काउन्सिलले परीक्षामा सामेल नगराएपछि विवाद भएको थियो ।

विद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएर आदेश आएपछि बल्ल बार काउन्सिलले ३१ औं अधिवक्ता तहको पूरक परीक्षा लिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ११ : ०६ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा