समाचार

च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो : स्वर्णिम वाग्ले 

By खबरहब

March 13, 2024

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर। सरकारमा गएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभामा बोल्दै  रास्वपाका उपसभापति समेत रहेका वाग्लेले सरकारमा चेस खेल्न गएको समेत बताए ।

उनले भने, ‘३ महिना अगाडि प्रधानमन्त्रीसँग संवादमा थिए । तर सरकार र गठबन्धनप्रति उहाँको सही जवाफ आएन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ । चेस खेल्न गएपछि गोटी चलाउनै पर्छ । कहिले रानी कहिले घोडा कहिले मन्त्री पाइन्छ । च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउँला भनेर भागिभागी हिन्नु परेको छ । ’