अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव | Khabarhub Khabarhub

अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी-एमाले गठबन्धनको गोत्र पनि मिलेको बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए । 

‘गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ । ‘विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ४४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई