सहकारी ठगी र सुन तस्करीका आरोपीको गठबन्धन बन्यो : चित्रबहादुर केशी « Khabarhub

सहकारी ठगी र सुन तस्करीका आरोपीको गठबन्धन बन्यो : चित्रबहादुर केशी


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले वर्तमान गठबन्धनमा सहकारी ठगी र सुन तस्करीका आरोपी भएको बताए ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले वर्तमान गठबन्धनमा सहकारी ठगी र सुन तस्करीका आरोपी रहेको आरोप लगाए ।

उनले भने, ‘यो संसदीय व्यवस्थाले जसरी पनि सरकारमा गएर चुनावमा खर्च गरेको पैसा असुल्ने काम गर्‍यो । पोहोर पुसमा सबैले समर्थन गरेको हो । त्यो गठबन्धन किन भत्कियो ?  काङ्ग्रेससँग म पनि भुक्तभोगी हो । गृहमन्त्री बनाएकोलाई सरकारी ठगेको आरोप लागेको छैन । ?  गठबन्धनमा भएका दलका नेतालाई सुन तस्करीको आरोप लागेको छैन ?   मन्त्री भएपछि चुनावको खर्च जोगाउन पाइन्छ भनेर अहिले सरकारमा दलहरू जान आतुर भएको हो । म समर्थन गर्न सकेन । यो लुछाचुँडीमा गइन्न ।’ 

उनले प्रचण्डले पुस ११ मा ९९ प्रतिशत मत हुँदा पनि गठबन्धन भत्काएको बताए । 

हालसम्म ६ वटा दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा १ सय ५६ मत देखिन्छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ४१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल