सहकारी ठगी र सुन तस्करीका आरोपीको गठबन्धन बन्यो : चित्रबहादुर केशी « Khabarhub

सहकारी ठगी र सुन तस्करीका आरोपीको गठबन्धन बन्यो : चित्रबहादुर केशी


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले वर्तमान गठबन्धनमा सहकारी ठगी र सुन तस्करीका आरोपी भएको बताए ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले वर्तमान गठबन्धनमा सहकारी ठगी र सुन तस्करीका आरोपी रहेको आरोप लगाए ।

उनले भने, ‘यो संसदीय व्यवस्थाले जसरी पनि सरकारमा गएर चुनावमा खर्च गरेको पैसा असुल्ने काम गर्‍यो । पोहोर पुसमा सबैले समर्थन गरेको हो । त्यो गठबन्धन किन भत्कियो ?  काङ्ग्रेससँग म पनि भुक्तभोगी हो । गृहमन्त्री बनाएकोलाई सरकारी ठगेको आरोप लागेको छैन । ?  गठबन्धनमा भएका दलका नेतालाई सुन तस्करीको आरोप लागेको छैन ?   मन्त्री भएपछि चुनावको खर्च जोगाउन पाइन्छ भनेर अहिले सरकारमा दलहरू जान आतुर भएको हो । म समर्थन गर्न सकेन । यो लुछाचुँडीमा गइन्न ।’ 

उनले प्रचण्डले पुस ११ मा ९९ प्रतिशत मत हुँदा पनि गठबन्धन भत्काएको बताए । 

हालसम्म ६ वटा दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा १ सय ५६ मत देखिन्छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ४१ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह