वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छ : सांसद यादव « Khabarhub

वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छ : सांसद यादव


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले मुलुकलाई तीव्र आर्थिक विकासमा लैजान सत्ता साझेदार दलबाट पर्याप्त सहयोग नभएपछि सत्ता समीकरण बदल्नु परेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफलका विषयले गठबन्धनमा अविश्वास पैदा गरेको बताए । 

‘कांग्रेसका कारण गठबन्धनमा अविश्वास पैदा भयो, कोशी प्रकरण तथा महासमिति बैठकमा उठेका विषयले गठबन्धनप्रति अविश्वास बढेको हो’, सांसद यादवले भने, ‘सरकारमा रहेर पनि कांग्रेसले प्रभावकारी समन्वय र सहकार्य गर्न सकेन ।’ 

उनले वर्तमान गठबन्धनले मुलुकमा देखापरेका समस्या समाधान गरेर जाने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ४४ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर