पोखरीमा डुबेर बालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर बालिकाको मृत्यु


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दूरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । 

मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ३८ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।