जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट | Khabarhub Khabarhub

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । 

टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । 

विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्ड भित्रमा नै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । 

‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ’, स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौँ युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको  पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो ।

एक वृद्ध व्यक्तिले भने, ‘मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ, सफलता मिल्न सकेन त्यसैले म निराश छु । के भयो अनुसन्धान भइरहेको बताइएको छ पछि थाहा हुने नै छ ।’ 

स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो । 

प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए । 

पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : ४१ बजे

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा