समाचार

अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

By खबरहब

March 13, 2024

काठमाडौं– नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी रहेका छन् । यो मनोनयनसँगै सुहाङलाई इलाम २ को उपनिर्वाचनमा टिकट दिने सजिलै आँकलन गर्न सकिन्छ ।