बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित « Khabarhub

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्ताबेज भएको बताए ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए । 

अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुनेखालका योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने बताए ।

बागमती प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ०२ बजे

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ