अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद « Khabarhub

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गरे । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको स्मरण गरे।

उनले भने, ‘मैँले सम्झेसम्म जनतालाई धोका हुने काम गरेको छैन, मैँले प्राप्त गरेको यो भूमिका खास पारिवारीका सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु, तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा सीमित थिएन र छैन, हाम्रो सम्बन्ध सधैँभरि विचार केन्द्रित सहकर्मीको रुपमा कायम छ ।’ उनले आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण आन्दोलनमा होमिएको तर परिवारले त्यसको लाभ वा भुक्तानी नमागेको र नमाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अध्यक्ष दाहालले भने, ‘अध्यक्षका रुपमा नाम मनोनयन दिनदेखि नै मैँले मेरो दलीय आबद्धता र संलग्नता त्याग गरेको छु, राष्ट्रियसभाको सदस्यको रुपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो, तथापि म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा क्रियाशील थिएँ ।’ 

उनले अबको राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समानुपातिक समावेशी प्रणालीलाई संस्थागत गर्नमा केन्द्रित हुने बताए ।

अध्यक्ष दाहालले राष्ट्रियसभालाई परिपक्व र विज्ञहरूको सदन बनाउँदै यसको गरिमा र मर्यादालाई उच्च राख्न आफ्नो ध्यान केन्द्रित हुने बताए।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : २३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको