श्रमिकका समस्या समाधान गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति | Khabarhub Khabarhub

श्रमिकका समस्या समाधान गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यममा आएका समाचार, श्रमिक/कामदारबाट आएका गुनासाको समाधान गर्न दिएको निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालयले अध्ययनका लागि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन गरेको हो ।

गत पुस २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषषद् कार्यालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १७ बुँदे निर्देशन दिएको थियो । तर, सो समयका श्रममन्त्री शरतसिंह भण्डारीले निर्देशन पालनाका लागि कुनै चासो दिएका थिएनन् ।

आज नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्न समिति बनाएका हुन् ।

समितिले प्रधानमन्त्रीबाट आएका निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक, कामदारबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर गर्दै त्यस्ता विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

समितिबाट प्रतिवेदन प्राप्त गरेपछि विगतमा मन्त्रालयबाट भएका निर्णयहरुको समीक्षापछि थप निर्णय गरी कार्यान्वयनमा लगिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित