नयाँ वर्ष : विगतको समीक्षा, नयाँ योजना « Khabarhub

नयाँ वर्ष : विगतको समीक्षा, नयाँ योजना


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। वि.सं. हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

ठमेलमा नयाँ वर्षको स्वागत

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि शनिबारदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए।

परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गर्दा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका संयोजक एवम् परिषद्का उपाध्यक्ष प्रश्रय राजभण्डारीले नेपाल घुम्न आएका ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने भएकाले उक्त क्षेत्रको विकासका लागि परिषद्ले काम गरिरहेको जानकारी गराएका छन्।

नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष रमेश थापा, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, तेजेन्द्र श्रेष्ठलगायतले ठमेल क्षेत्रलाई चलायमान बनाउनका लागि घरधनी तथा व्यवसायी लाग्नुपर्नेमा जोड दिएका छन्। सरकारले ठमेललाई नयाँ वर्षदेखि २४ घण्टा खुला राख्ने निर्णय गरेसँगै त्यहाँमा व्यवसायिमा उत्साह थपिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : २९ बजे

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट