नयाँ वर्ष : विगतको समीक्षा, नयाँ योजना « Khabarhub

नयाँ वर्ष : विगतको समीक्षा, नयाँ योजना


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। वि.सं. हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

ठमेलमा नयाँ वर्षको स्वागत

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि शनिबारदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए।

परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गर्दा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका संयोजक एवम् परिषद्का उपाध्यक्ष प्रश्रय राजभण्डारीले नेपाल घुम्न आएका ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने भएकाले उक्त क्षेत्रको विकासका लागि परिषद्ले काम गरिरहेको जानकारी गराएका छन्।

नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष रमेश थापा, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, तेजेन्द्र श्रेष्ठलगायतले ठमेल क्षेत्रलाई चलायमान बनाउनका लागि घरधनी तथा व्यवसायी लाग्नुपर्नेमा जोड दिएका छन्। सरकारले ठमेललाई नयाँ वर्षदेखि २४ घण्टा खुला राख्ने निर्णय गरेसँगै त्यहाँमा व्यवसायिमा उत्साह थपिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : २९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित