युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा « Khabarhub

युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौँतारिएको टिप्पणी गरेका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउँदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताएका हुन् ।

उनले आफ्नो सन्देशमा भनेका छन्– ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ। न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् भने युवा पुस्ता देशमा आफ्नो सुनौलो भविष्य नदेखेर भौँतारिएका छन् ।’

पूर्व राजाले देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउँदै शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु विडम्बना भएको बताएका छन् ।

उनले राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्ने बताएका छन् ।

मुलुकमा स्थिरता, स्थायित्व र निरन्तरता हुनपर्नेमा जोड दिँदै उनले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति ध्यान केन्द्रित हुनुपर्छ भन्ने धारणा नेपाली जनमतमा बढ्दै गएको आफूले अनुभव गरेको विज्ञप्तिमा जनाएका छन् ।

पूर्वराजा शाहले देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

नयाँ वर्षको अवसरमा उनले देश तथा विदेशमा रहेका सबै नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

पूर्व राजाको शुभकामना सन्देश–

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : २९ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको