श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर) « Khabarhub

श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर)



इलाम– पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। नयाँ वर्ष २०८१ काे अवसरमा शनिवार बिहानै २ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक झुल्के घाम हेर्ने श्री अन्तु पुगेका छन्।

समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।

दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट १४  किलोमिटरको दूरीमा पर्दछ ।

तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छन् तर, अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीयस्थलमा छैन ।

अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पर्यटकले आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस गर्ने गरेका छन्।

अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होमस्टे पनि चर्चित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्सेनि पर्यटक बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू होमस्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होमस्टे श्रीअन्तुको हो । उहाँ ६० घर होमस्टेमा दर्ता भएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ८ : ०१ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५