श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर) « Khabarhub

श्रीअन्तुमा नयाँवर्षको पहिलो सूर्योदय (फोटो फिचर)



इलाम– पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। नयाँ वर्ष २०८१ काे अवसरमा शनिवार बिहानै २ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक झुल्के घाम हेर्ने श्री अन्तु पुगेका छन्।

समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।

दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट १४  किलोमिटरको दूरीमा पर्दछ ।

तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छन् तर, अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीयस्थलमा छैन ।

अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पर्यटकले आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस गर्ने गरेका छन्।

अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होमस्टे पनि चर्चित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्सेनि पर्यटक बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू होमस्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होमस्टे श्रीअन्तुको हो । उहाँ ६० घर होमस्टेमा दर्ता भएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ८ : ०१ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद