बेनी–जोमसोम–कोरला सडकखण्डमा कालोपत्र « Khabarhub

बेनी–जोमसोम–कोरला सडकखण्डमा कालोपत्र


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।

गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो ।

चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

‘छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ’, उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।’

मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो ।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा ६ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ ।

तेह्र किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमी, मार्फा–जोमसोम खण्डमा ६ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए ।

कूल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब सात अर्ब खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : २७ बजे

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक