‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई « Khabarhub

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।

उनीहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उनीहरूलाई सम्मान गरेका हुन् । उनले स्रष्टाहरु सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताए ।

साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गरे । प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताइन् ।

जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण (गुरूकुल) नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ११ : २६ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव