नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न « Khabarhub

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् । शुक्रबार मधेश प्रदेश स्तरीय बैठक महोत्तरीमा बसेको छ । बैठक पार्टीका वरिष्ठ नेताको केदार चन्द्र शर्माको आतिथ्यतामा सम्पन्न भएको छ। त्यस्तै शनिवार बागमती प्रदेश बैठक पार्टी केन्द्रीय कार्यालय मैतीदेवीमा पार्टीका प्रदेश संयोजक जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको छ, बैठकमा आगामी दिनमा पार्टी निर्माण, संघर्षका कार्यक्रम, र घुस नखानेहरुको पार्टीलाई जनतामा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

त्यस्तै आगामी १५ गते भित्र प्रदेश भित्रका जिल्लामा जिल्ला कमिटी हरुलाई पूर्णता दिने, जनवर्गीय संगठनहरुका कमिटी घोषणा गर्ने निर्णय भएको छ । शनिबार नै लुम्बिनी प्रदेश बैठक पनि बसिरहेको छ, बैठक लुम्बिनी प्रदेश संयोजक हरि पराजुलीको अध्यक्षतामा बसेको छ भने पार्टीका कार्यवहाक अध्यक्ष घनश्याम भुसाल लुम्बिनी बैठकमा सहभागी छन् ।

लुम्बिनी प्रदेश घनश्याम भुसालको गृह प्रदेश भएकोले त्यहाको बैठक अझ महत्व पूर्ण भएको नेताहरुले बताएका छन् । घुस नाखानेहरुको पार्टीका रुपमा पार्टी लाई जनतामा स्थापित गरेर आगामी दिनमा नेकपा (संयुक्त) पुराना कम्युनिष्ट पार्टीहरुलाई मात्र होईन  अन्य लागी पनि चुनौतीका रुपमा खडा हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ५५ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र