‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई « Khabarhub

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।

उनीहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उनीहरूलाई सम्मान गरेका हुन् । उनले स्रष्टाहरु सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताए ।

साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गरे । प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताइन् ।

जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण (गुरूकुल) नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ११ : २६ बजे

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का