राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त « Khabarhub

राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

संयुक्त– संयुक्त राष्ट्रसंघका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गोमा र वरपर विस्थापित मानिसहरूले सामना गर्ने अनिश्चित अवस्था र बढ्दो खतराहरूले चिन्ता बढाएको बताएको छ ।

उत्तरी किएभको मासिसी र रूत्सुरू क्षेत्रमा कङ्गोली सेना र सशस्त्र समूहबीचको झडपबाट भागेर पाँच लाखभन्दा बढी मानिसहरू वरपरका स्थानमा विस्थापितका रूपमा रहेको ओसिएचएले जनाएको छ । गत मार्चको सुरुदेखि गोमालगायतका स्थानमा गोलाबारी र आकस्मिक विस्फोटका घटनामा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पूर्णरूपमा विस्थापित मानिसहरूलाई बढ्दो जोखिममा पार्दै शिविरभित्र हतियारको उपस्थिति प्रयोगसमेत बढेको ओसिएचएले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : १५ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव