आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु « Khabarhub

आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा एक जना राति र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ ।

काठमाडौँमा मृत्यु हुनेमा १२ वर्षीया विवस बूढा र वर्ष १३ का समन्त बूढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको र बचाउनका लागि धेरै प्रयास गर्दा नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।

एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको उनले बताए। आगलागीमा परेर एक घरका दुई बालबालिकाको मृत्यु भएको उनको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौँ पुर्‍याइएको थियो ।

डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका-४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो । घाइते बालबालिकाको उद्धारको लागि हेलिकप्टर भाडा मात्रै साढे सोह्र लाखभन्दा धेरै खर्च आएकाले यसका लागि त्रिपुरासुन्दरी नगरपालिका, कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : २२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्