संस्कृति जगेर्ना गर्न 'संस्कृति रक्षा दौड' | Khabarhub Khabarhub

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ । 

हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका–८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गरे । यस्तै सियारी गाउँपालिका–३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी–४ का मनोज केवट तेस्रो भई सात हजार एक सय तथा सियारी-१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन–४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाए। उक्त दौडमा पाँच सयभन्दा बढी  व्यक्ति सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिए।

‘नेपालको संस्कृति संसारकै लागि अनुकरणीयण् रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्, ‘उनले भने–’हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।’ यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उनको भनाइ छ ।

नेपालमा पश्चिमी संस्कृति हावी हुँदै गएकामा सङ्घ चिन्तित बनेको  छ । ‘हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत् पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दै आएका छौँ’, सङ्घचालक आचार्यले भने। 

दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहेका थिए। रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने परम्परा तोडिनुपर्ने बताए।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : ४९ बजे

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो