संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’ « Khabarhub

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ । 

हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका–८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गरे । यस्तै सियारी गाउँपालिका–३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी–४ का मनोज केवट तेस्रो भई सात हजार एक सय तथा सियारी-१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन–४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाए। उक्त दौडमा पाँच सयभन्दा बढी  व्यक्ति सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिए।

‘नेपालको संस्कृति संसारकै लागि अनुकरणीयण् रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्, ‘उनले भने–’हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।’ यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उनको भनाइ छ ।

नेपालमा पश्चिमी संस्कृति हावी हुँदै गएकामा सङ्घ चिन्तित बनेको  छ । ‘हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत् पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दै आएका छौँ’, सङ्घचालक आचार्यले भने। 

दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहेका थिए। रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने परम्परा तोडिनुपर्ने बताए।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : ४९ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि