बिस्का जात्रा हेर्नेको घुइँचो  | Khabarhub Khabarhub

बिस्का जात्रा हेर्नेको घुइँचो 


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो लागेको छ ।

भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकांक्षा पूरा हुने , शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजाविश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । 

लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ३ : ११ बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा