उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो « Khabarhub

उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको अवसरमा उदयपुरमा रहेका धार्मिक स्थलमा भक्तजनको घुइँचो लागेको छ । 

उदयपुरको रौतामाई गाउँपालिकामा रहेको रौतापोखारीमा बिहानै देखी भक्तजनहरूको घुइँचो लागेको थियो भने जिल्लाकै चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा रहेको थानपोखरीमा मन्दिरमा भक्तजनहरूको घुइँचो रहेको थियो ।

उदयपुरमा नयाँ वर्षमा विभिन्न ठाउँमा मेला लाग्ने भएपनि रौता पोखरी र थान पोखरीलाई विशेष महत्वका साथ हेरिने गरिएको छ ।

नयाँ वर्षको दिन थान पोखरीमा बिहानै देखी भाकल चढाउनेहरुको घुइँचो लागेको थियो । थान पोखरीमा भान्टा चढाउनाले शरीरमा निक्लिने बिभिन्न घाउ खटिराहरु निको हुने विश्वास लिइएको छ । थान पोखरीमा पुजा गर्ने र मेला भर्नेहरुको दिनभर जसोनै भिड लाग्ने गरेको वडा अध्यक्ष प्रकाश राउतले बताए ।

जिल्लाको रौतामाई गाउँपालिकामा रहेको रौता पोखरी भने समुन्द्री सतह बाट १७ सय ७० मिटर उचाइ रहेको धार्मिक एवम् पर्यटकीय स्थल हो । 

नयाँ वर्षमा उदयपुरमा रौता पोखरी, थान पोखरीको अलावा चौदण्डीगढी दरवार, उदयपुर गढी दरवार, ताप्ली पोखरी, भुतिया दह लगायतका पर्यटकीय क्षेत्रहरूमा बिहानै देखी नयाँ बर्ष मनाउनेहरूको भिडभाड देखिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : ४९ बजे

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख