काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिका १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज जानकारी दिएकोछ । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : २१ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार