जापानको हरितगृह ग्यास उत्सर्जन कम « Khabarhub

जापानको हरितगृह ग्यास उत्सर्जन कम


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्यांकले देखाएको छ । यहाँको कार्बनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।   

पर्यावरण मन्त्रालयले सन् १९९० मा यससम्बन्धी तथ्यांक संकलन सुरू गरिएदेखि मार्च सन् २०२३ सम्मको एक वर्षको अवधिमा पहिलो पटक उत्सर्जनमा न्यूनता देखिएको हो । आर्थिक वर्ष २०२१ को तुलनामा यो उत्सर्जन मात्रा २.५ प्रतिशत वा २८ं.६ मिलियन टनले घटेको तथ्यांकमा उल्लेख छ । 

मन्त्रालयले कोभिड–१९ महामारीका कारण संकटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको हो ।

व्यावसायिक र अन्य व्यापारिक प्रतिष्ठानहरूमा उत्सर्जनमा ४.७ प्रतिशतको गिरावटसँगै १७९ मिलियन टनमा झरेको र गत वर्षको तुलनामा उच्च तापक्रमबीचमा कम मागको कारण घरपरिवारबाट हुने उत्सर्जनमा १.४ प्रतिशतले कमी आई १५८ मिलियन टनमा झरेको देखिएको छ । 

यसैबीच, सवारी साधनलगायत यातायात क्षेत्रको उत्सर्जन ३.९ प्रतिशतले बढेर १९२ मिलियन टन पुगेको छ ।

आर्थिक वर्ष सन् २०३० सम्म जापान सरकारले सन् २०१३ को स्तरबाट ४६ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयले सन् २०२२ मा सन् २०१३ को तुलनामा हरित गृह उत्सर्जनमा २२.९ प्रतिशतले कमी आएको जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : २८ बजे

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८०

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र चितवनको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोज

चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

एजेन्सी– वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि