वामपन्थी शक्तिबीच एकता आवश्यक : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

वामपन्थी शक्तिबीच एकता आवश्यक : पूर्वप्रधानमन्त्री खनाल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गएको अवस्थामा जनता र राष्ट्रका साझा सवालमा सबै एकताबद्ध भएर वर्तमान गठबन्धनको संयुक्त सरकारमा सहभागिता जनाउनु राजनीतिक विकासक्रमको एउटा सकारात्मक पक्षका रूपमा हुने उल्लेख गरे।

उनले मूल्यवृद्धि र महँगी नियन्त्रण, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्दै युवाको विदेश पलायनलाई रोक्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरी मुलुकको विकास निर्माणको प्रक्रियालाई तीव्र बनाउन समाजवादको आधारलाई फराकिलो बनाएर जनतामा आशावादको सञ्चार गर्नुपर्नेमा जोड दिए।

समाजवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरू अवलम्बन गरी कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगति र प्रगतिको दशक बनाउनुपर्नेमा जोड दिँदै नेता खनालले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएर विश्वभर फैलिँदै गएका नेपालीको प्रतिष्ठा उच्च बनाउनुपर्ने उल्लेख गरे।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ४६ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव