सिड्नीको सपिङ सेन्टरमा आक्रमण, मृत्यु हुनेको संख्या ६ पुग्यो | Khabarhub Khabarhub

सिड्नीको सपिङ सेन्टरमा आक्रमण, मृत्यु हुनेको संख्या ६ पुग्यो


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.3k
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । 

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ । 

घटना विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए। उ

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । यद्यपि अहिलेसम्म उसको औपचारिकरूपमा पहिचान गर्न सकिएको छैन । हमला आतङ्कवादी कार्य थियो भन्ने कुरालाई वेबले अस्वीकार गर्दै हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने बताए। 

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पुर्याइएको जानकारी दिए। तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो ।

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : १० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित