किसानलाई ऋणमा डुब्न दिन हुँदैन : मन्त्री साह « Khabarhub

किसानलाई ऋणमा डुब्न दिन हुँदैन : मन्त्री साह


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन् ।

देशभक्त युवा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरूलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी हुन् । 

ऋण खोजेरै  भएपनि दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उनको भनाइ छ । सरकारले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताए । त्यस्तै मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै सरकारले आवश्यक योजना बनाइरहेको जानकारी दिइन् 

उनले विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्धत पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ४७ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब