बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो « Khabarhub

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो ।

बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो । कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो ।

लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ९ : ५१ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा