ताँवेडाँडामा आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु) « Khabarhub

ताँवेडाँडामा आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु)


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामेछाप – नँया वर्षको अवसर पारेर रामेछापको ताँवेडाँडामा आन्तरिक पर्यटक सङ्गै भक्त्तजनहरुको घुइचो लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते नयाँ वर्षको दिन ताँवेडाँडा भव्य मेला लाग्ने गर्छ ।

मेलामा रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर लगायत अन्य आसपासका जिल्लाहरूबाट समेत ठुलो संख्यामा आउने गर्छन । रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सिमानामा अवस्थित छ ताँवेडाँडा ।

धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकनको गन्तव्य हो ताँवेडाँडा ।समुन्द्री सतहबाट करिब ३ हजार १०० मिटर उचाइमा रहेको ताँवेडाँडा बाट नुम्बुर हिमालसहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोल्वालिङ हिमशृङ्गला जस्ता हिमालहरु आँखै अगाडि देख्न पाइन्छ ।ताँवेडाँडा सदरमुकाम मन्थलीवाट करिव ६ घण्टाको कच्ची सडक मार्ग हुँदै गाडीको यात्रामा सहजै पुग्न सकिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ९ : ५६ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद