ताँवेडाँडामा आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु) « Khabarhub

ताँवेडाँडामा आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु)


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामेछाप – नँया वर्षको अवसर पारेर रामेछापको ताँवेडाँडामा आन्तरिक पर्यटक सङ्गै भक्त्तजनहरुको घुइचो लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते नयाँ वर्षको दिन ताँवेडाँडा भव्य मेला लाग्ने गर्छ ।

मेलामा रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर लगायत अन्य आसपासका जिल्लाहरूबाट समेत ठुलो संख्यामा आउने गर्छन । रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सिमानामा अवस्थित छ ताँवेडाँडा ।

धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकनको गन्तव्य हो ताँवेडाँडा ।समुन्द्री सतहबाट करिब ३ हजार १०० मिटर उचाइमा रहेको ताँवेडाँडा बाट नुम्बुर हिमालसहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोल्वालिङ हिमशृङ्गला जस्ता हिमालहरु आँखै अगाडि देख्न पाइन्छ ।ताँवेडाँडा सदरमुकाम मन्थलीवाट करिव ६ घण्टाको कच्ची सडक मार्ग हुँदै गाडीको यात्रामा सहजै पुग्न सकिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ९ : ५६ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५