नेपाल–भारत सम्बन्ध हिमालभन्दा पनि उच्च छ : मुख्यमन्त्री यादव « Khabarhub

नेपाल–भारत सम्बन्ध हिमालभन्दा पनि उच्च छ : मुख्यमन्त्री यादव


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल–भारत बीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताएका छन् ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा शनिबार जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल– भारत बीचको सम्बन्ध दुई देशका जनता जनताबीच रहेको बताए ।


उनले भने, ‘यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ।’ सीमा क्षेत्रमा सुरक्षा र राजस्वको नाउँमा केही वर्षयता सर्वसाधारणसँग सुरक्षाकर्मीहरूबाट भइरहेको व्यवहारले दुई देश बीचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको उनको धारणा छ ।


उक्त कार्यक्रमका अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव गीतान्जलीले गर्नुभएको थियो । भने जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमारसाह सहितका वक्ताहरुले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : ४७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान