नेप्सले फेरि नाघ्ला त तीन हजार विन्दु ? | Khabarhub Khabarhub

नेप्सले फेरि नाघ्ला त तीन हजार विन्दु ?

सातामा ४० अर्बको शेयर कारोबार, ३८ अंकले घट्यो बजार


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको साउन ३१ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार विन्दु नाघ्यो । अर्थात्‌; गत बिहीबारभन्दा १८ औँ दिन अघिको कारोबार दिन नेप्से तीन हजार विन्दुमा पुगेको थियो । तर त्यसबीच १८औँ दिन नेप्से कारोबार हुँदा गत बिहीबार भने नेप्से परिसूचक २६८८ विन्दुमा झर्‍यो ।

साउन १३ गते २६८१ विन्दुबाट तीन हजारको विन्दुमा जसरी शेयर बजार आएको थियो, त्यसरी नै तीन हजारको विन्दुबाट २६८८ विन्दुमा झरेको हो । निरन्तर पछिल्लो ६ दिन ओह्रालो लागेको शेयर बजार गत बिहीबार भने ७८ अंकले बढ्यो ।

६ दिनसम्म निरन्तर ओह्रालो यात्रामा बजार रहँदा नेपालको शेयर बजारमा घट्दो प्रवृत्ति (बियरिस ट्रेण्ड) सुरु भएको चर्चा चुलिएको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार बढेसँगै करेक्सन सकिएर अब फेरि नेप्से बुलमा जाने चर्चा चलेको छ ।

बिहीबार बजार बढ्दा बियर सकिएर बुल सुरु भएकाे भनिहाल्ने अवस्था नभएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् । ‘अब बुल सुरु भइहाल्छ भन्न सकिने अवस्था भने छैन’, फुलेलले भने, ‘बजार अब नबढ्ला पनि भन्न सकिँदैन । तर के हो भने घटेपछि बढ्छ, बढेपछि घट्छ भन्ने सन्देश बजारले दिएको छ ।’

बजार यति अंकले बढेर यहाँ पुग्छ भनेर कसैले पनि ठोकुवा गर्न नसक्ने भएकाले अहिले पर्ख र हेरेको अवस्था रहेको फुलेलको भनाइ छ । बजारले अब जस्तो पनि रूप लिन सक्ने भएकाले कम्पनी हेरेर मात्र लगानी गर्न फुलेल लगानीकर्तालाई आग्रह गर्छन् ।

साताको अन्तिम दिने बुधबार नेप्से ७८ अंकले बढ्दा पनि समग्र सातामा भने ३८.८३ अंकले घट्यो । नेप्से ५ दिनमा औसत दैनिक ७.७६६ अंकले घटेको हो । सातामा कारोबार भने ४० अर्ब २६ करोड ३९ लाख रुपैयाँ बराबरको भयो । औसतमा ८ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

साताभर कुल ७ करोड ७६ लाख २७ हजार ६८५ कित्ता शेयर कारोबार हुँदा दैनिक औसत १ करोड ५५ लाख २५ हजार ५३७ कित्ता शेयर कारोबार भयो । यो साता ५ दिनमा ४ लाख ९४ हजार ३९८ पटक शेयर किनबेच भयो । औसतमा दैनिक ९८ हजार ८८० पटक शेयर किनबेच भयो ।

छोटो समयमै बजार धेरै माथि गएकाले बजारमा ठूलो करेक्सन आएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । २८०० को विन्दुबाट २५००को विन्दुमा झरेपछि बजारमा करेक्सन भएको भए तीन हजारको विन्दुमा पुगेपछि यति ठूलो करेक्सन नआउने ढकालको भनाइ छ ।

शेयर बजारबारे प्राविधिक विश्लेषण गर्ने शिवलाल भुसाल भने अब बजारमा अझै करेक्सन आउन सक्ने सम्भावन समेत रहेको बताउँछन् । ‘नेपालको बजारमा धेरै सेन्टिमेन्टले काम गर्छ, त्यो भएकाले क्यानडल चार्टले देखाएको कुरा धेरै पटक गलत हुने गरेको छ’, भुसालले भने, ‘तर क्यान्डल चार्टले भने बजारमा अझ करेन्सन आउनसक्ने देखाउँछ ।’

बिहीबारको बजार बढाइसँगै पुरै करेक्सन सकियो है भन्ने नभएपनि अब बजार बढ्ने स्थिति रहेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राघा पोखरेलको भनाइ छ । ‘करेक्सन सकिएर बजार निरन्तर उकालो लाग्ने भन्ने पनि होइन’, पोखलेलले भनिन्, ‘बजार बीचमा बढ्ने घट्ने क्रम जारी नै रहन्छ ।’

विगतको सिनारियोमा यो समयमा बजार घट्ने भए पनि अहिलेको अवस्था त्यस्तो नभएको पोखरलेलको भनाइ छ । अहिले दशैँको बेला, भदौ मसान्त भएकाले पनि बजार बढाउनसक्ने पोखरलेलको भनाइ छ ।

‘अहिले सरकार, राष्ट्र बैंक र लगानीकर्ता सबै पोजेटिभ छन्, यस्तो अवस्थामा बजार बढ्नुपर्ने नै हो,’ पोखलेलले भनिन् ।

सातामा कुन दिन कस्तो थियो बजार ?

यो साता पुरै ५ दिन नै शेयर बजार खुल्यो । ५ दिन शेयर बजार खुल्दा ४ दिन बजार घट्यो भने १ दिन बढ्यो । अघिल्लो साताको बिहीबारबाट घट्न सुरु भएको बजार यो साताको आइतबार २५ अंकले घट्यो । आइतबार परिसूचक न्यूनतम २६९७ विन्दु र उच्चतम २७६० विन्दुमा पुग्यो भने २७०१ विन्दुमा बजार रोकियो ।

आइतबार बजार घट्ता ९ अर्ब ७२ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भयो । बजार घट्ने क्रम सोमबार पनि कायम रयो । सोमबार बजार आइतबार भन्दा बढी ५५ अंकले घट्यो ।

सोमबार २.०६ प्रतिशतले बजार घट्ता नेप्से परिसूचक २६४६ विन्दुमा पुग्यो भने दिनभर बजारमा उतारचढाव भयो । एकै दिन ठूलो करेक्सन बजारमा देखियो । सोमबार न्यूनतम २६३७ विन्दु र उच्चतम २७०६ विन्दुसम्म परिसूचक पुग्यो । सोमबार ९ अर्ब ४ करोड ६४ लाखको कारोबार भयो ।

मंगलबार सोमबारको तुलनामा बजार कम अंकले घटेको भएपनि कारोबार भने धेरै घट्यो । मंगलबार १३ अंकले बजार घट्ता ६ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र कारोबार भयो । उक्त दिन परिसूचक न्यूनतम २६१६ विन्दु र उच्चतम २६८८ विन्दुमा पुगेको थियो भने बजार बन्द हुँदा २६३२ विन्दु कायम भएको थियो ।

बजारको घट्ने क्रम बुधबार पनि कायमै रयो । बुधबार मंगलबारको भन्दा बजार बढी अंकले घट्यो । बुधबार एकै दिन नेप्से २२ अंकले घटेर २६१० विन्दुमा आयो । उक्त दिन नेप्से परिसूचक न्यूनतम २६०२ विन्दु पुगेको थियो भने उच्चतम २६५१ विन्दुसम्म पुगेको थियो । मंगलबारको तुलनामा कारोबार रकम भने केही न्यून रह्यो ।

बुधबार दिनभर ६ अर्ब ६५ करोड ८० रुपैयाँ बराबरको कारोबार भयो । लगातार ६ दिनसम्म बजार घटेर निरास भएका लागनीकर्ता बिहीबार भने राहतको सास फेरे ।

बिहीबार नेप्से ७८ अंकले बढेसँगै लगानीकर्तामा नयाँ उत्साह देखियो । बुधबार नेप्से ३ प्रतिशतले बढ्दा कारोबार पनि बढोत्तरी भयो । उक्त दिन ७ अर्ब ९५ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । बिहीबार न्यूनतम २६०४ विन्दुमा पुगेको नेप्से परिसूचक उच्चतम २६८८ विन्दु पुगेर बजार बन्द भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ०५ बजे

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका