भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै « Khabarhub

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ। चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो।

आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो।

सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८, जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको हो।

तस्बिर : बिबिसी हिन्दी

पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ। पाँचौ चरणमा ८ राज्यको ४९ सिटका लागि मतदान हुनेछ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाखका पाँचौ चरणको मतदान गर्ने भारतीय चुनाव आयोगको तयारी छ।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटका लागि छैठौं चरणमा मतदान हुनेछ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा सम्पन्न हुनेछ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने तालिका रहेको छ।

अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ।

पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ।

पहिलोदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

यो पनि पढ्नुहोस्

भारतको उत्तर पूर्वमा भाजपा नेतृत्वको प्रभाव
उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच
बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?
तेस्रो चरणमा ६५ प्रतिशत मतदान
कश्मिरमा भाजपाले चुनाव नलड्ने

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : २४ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल