कपडामा लेपन गरिएको सुनसहित दुई भारतीय पक्राउ « Khabarhub

कपडामा लेपन गरिएको सुनसहित दुई भारतीय पक्राउ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट आइतबार साँझ काठमाडौं उत्रिएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले  नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनाले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाका अनुसार सुनको कति मात्रा छ भन्ने खुलेको छैन । दुवैले लगाएको कपडासहित जोख्दा पाँच केजी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ५६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण