कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने « Khabarhub

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको हो ।

गत फागुन २१ गते बनेको केन्द्रीय सत्ता गठबन्धनमा फागुन २९ गते मिसिएको एकीकृत समाजवादीले कोशीमा पनि आफूलाई सत्ता पक्षमा उभ्याउने निर्णय गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा थिए ।

तर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको निर्देशनपछि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनी तयार भएका हुन् ।

दलका नेता राईले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।

राईले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले नमानेको भन्दै आफूले कार्की सरकारलाई नसघाउने बताइरहेका थिए ।

तर, आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई आग्रह गरेको बताइएको छ ।

एकीकृत समाजवादीसँगै कोशीमा जनता समाजवादीकी निर्मला लिम्बूले पनि विश्वासको मत दिने भएकी छन् ।

यसअघि गत वैशाख २७ गते कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले समर्थन गरेका थिए । त्यसपछि लिम्बू पनि कार्कीको पक्षमा उभिएकी थिइन् ।

एकीकृत समाजवादीको निर्णयसँगै कार्की पक्षमा एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ५७ जना सांसद भएका छन् । यहाँ बहुमतका लागि ४७ सांसद भए पुग्छ ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिँदा बलियो बहुमत मिलेको छ ।

कोशी प्रदेशमा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि