सूर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू « Khabarhub

सूर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवारी समाजमा सूर्यदर्शनलाई महिलाको सुर्यदेवसँगको विवाहको रूपमा मानिन्छ । नेवारी समाजमा पहिलो विवाह बेलसँग, दोस्रो विवाह सूर्यसँग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ ।

सूर्य दर्शन महिलाको पहिलो पटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सूर्य दर्शन पूजाको दौरान महिलालाई आफ्नो दुवै हातका औँलाहरू क्रस गराई सानो प्वालबाट सूर्यको दर्शन गराइन्छ ।

वैज्ञानिक तथ्य अनुसार १५ मिनेट सूर्य दर्शन गर्नाले मानसिक तनावहरू कम भई आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरूलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ ।

यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सूर्य दर्शन गर्नाले मानिसको दिमागलाई ऊर्जावान्, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक ऊर्जाहरू थपेर स्वस्थ रहन सहयोग गर्दछ ।

विधि तथा प्रक्रिया 
यसको सुरुको अवधिमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राखी कोही पनि पुरुषलाई भेट गर्न दिइँदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानु भन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ । छ दिन पछि नुहाई धुवाइ गरेर सफा कपडा लगाइन्छ त्यसपछि आफन्तहरू जस्तै माइजू, फुपू, काकी तथा छरछिमेकी फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरू लिएर भेट्न आउँछन् ।

गुफा राखेको अवसरमा विशेष प्रकारको ‘कों’ (पाउडर) सबै महिलाहरूले आफ्नो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्दछन् । १२ औँ दिनमा गुफा बस्ने बालिकालाई विशेष शृङ्गार गरी बिहानी घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पूजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाइन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ४६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर